close

काठमाडौंमा हुने आतिफ असलमको कन्सर्ट टिकट खल्तीबाट मात्रै काट्न मिल्ने

टेकपाना टेकपाना

माघ २६, २०८० ११:२२

काठमाडौंमा हुने आतिफ असलमको कन्सर्ट टिकट खल्तीबाट मात्रै काट्न मिल्ने

काठमाडौं । डिजिटल वालेट खल्तीले आतिफ असलमको लाइभ म्युजिकल शोमा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । तरिस इन्टरटेनमेन्ट र एम एन प्रोडक्सन्सँग सम्झौता गर्दै काठमाडौं म्युजिक फेस्टिभल २०२४ अन्तर्गत हुन गइरहेको आतिफ असलमको लाइभ शोमा खल्तीले बक्स अफिसदेखि अनलाइन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ ।

‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ (चैत ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट खल्ती एपमार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन् ।

आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलमको कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ ।

दुवै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ । खल्तीले अहिलेसम्म पाँच हजार बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गरिसकेकाे छ । केही महिनाअघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङको 

जिम्मेवारी लिएको थियो । सो टिकटिङ व्यवस्था अनुसार १५०००ं दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए ।

पछिल्लो अध्यावधिक: माघ २६, २०८० ११:२२