close

एआई, आईओटी जस्ता प्रविधिमा काम गर्ने व्यक्ति, कम्पनी र संस्थालाई सूचीकृत गर्दै सरकार

टेकपाना टेकपाना

माघ २९, २०८० १२:२

एआई, आईओटी जस्ता प्रविधिमा काम गर्ने व्यक्ति, कम्पनी र संस्थालाई सूचीकृत गर्दै सरकार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालैका नवीन प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति, फर्म, कम्पनी र संस्थाहरूलाई सूचीकृत हुन अनुरोध गरेको छ । शनिवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), न्युक्लियर साइन्स एन्ड टेक्नोलोजी, र्‍याडिसन सेफ्टी एन्ड सेक्युरिटी, मोलिक्युलर इन्जिनियरिङ, अप्लाइड केमेस्ट्री, फोसिल फ्युल टु इलेक्ट्रिक भेहिकल कन्भर्जन, स्पेस साइन्स एन्ड टेक्नोलोजी क्षेत्रलाई समेट्ने प्रयास गरेको हो । 

मन्त्रालयले यी क्षेत्रमा काम गर्ने भएकाले सम्बन्धित क्षेत्रका विज्ञ सेवा प्रदान गर्ने, परामर्श सेवा प्रदान गर्ने, सामान आपूर्तिकर्ता, शोधकर्ता लगायतलाई सूचीकृत हुन भनिएको छ । सूचीकृत हुन इच्छुक व्यक्ति, संस्था अथवा फर्मले यो सूचना प्रकाशित भएको दश दिन भित्र मन्त्रालयमा उपस्थित भई वा [email protected] मा ईमेल पठाउनु पर्नेछ । 

त्यसक्रममा आफूले प्रदान गर्ने सेवा समेत खुलाउन भनिएको छ । त्यस्तै फर्म, कम्पनी तथा संस्थाले सार्वजनिक खरिद नियामवली २०६४ को अनुसूची २ (क) बमोजिम र विज्ञ तथा शोधकर्ताको हकले निवेदन सहितको पत्र, वैयक्तिक विवरण, नागरिकता, प्यान/भ्याटको विवरण, शैक्षिक/तालिम सम्बन्धी प्रमाणपत्र, विज्ञता वा शोधलाई प्रतिनिधित्व गर्ने कागजात उल्लेख गर्नु पर्ने बताइएको छ । 

 

हेर्नुहोस्, सूचना

 

पछिल्लो अध्यावधिक: माघ २९, २०८० १२:५