close

जीडब्लूएम ओरा ०३ खरिद गर्दा ५ लाख रुपैयाँ बराबरको लाभ लिन सकिने

टेकपाना टेकपाना

फागुन ३, २०८० १९:१७

जीडब्लूएम ओरा ०३ खरिद गर्दा ५ लाख रुपैयाँ बराबरको लाभ लिन सकिने

काठमाडौं । नेपालका लागि जीडब्लूएमका सवारीसाधनहरूको आधिकारिक आयातकर्ता एवं वितरकले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा पाँच लाख बराबरको लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

यो योजना फागुन ३० सम्म सञ्चालन हुनेछ, जसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत् बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरिज प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । 

यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । अगाडि गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू रहेकाे कम्पनीले उल्लेख गरेकाे छ ।

ओरा ०३ लाई १०० प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको र यसको मोड्युलरका साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको कम्पनीको भनाइ छ ।

यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम ) टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका सुरक्षा सुविधा छन् । 

गाडीमा ४७.७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिसम्मको अधिकतम रेन्ज, ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर रहेकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८० १९:१७