close

आईएमई पे प्रयोगकर्तालाई ३६५ रुपैयाँमै दुई लाख ३० हजारसम्मको बीमा

टेकपाना टेकपाना

फागुन ११, २०८० १२:३४

आईएमई पे प्रयोगकर्तालाई ३६५ रुपैयाँमै दुई लाख ३० हजारसम्मको बीमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक आईएमई पेले बीमा सुविधा ल्याएको छ । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा आईएमई पेले ‘स्मार्ट हेल्थ- सुरक्षित भव’ नामक बीमा सुविधा ल्याएको हो ।

आईएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने बताइएको छ ।

रु. ३६५ मा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सक्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्नेछन् ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानी, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

डिजिटल फाइनान्सियल सर्भिस मार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा साबित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १२:३८