close

नेपाली एप ‘कारोबार’ ले जित्यो प्रतिष्ठित वर्ल्ड समिट अवार्ड

टेकपाना टेकपाना

फागुन ११, २०८० १८:३९

नेपाली एप ‘कारोबार’ ले जित्यो प्रतिष्ठित वर्ल्ड समिट अवार्ड

काठमाडौं । साना तथा मझौला आकारका पसल सञ्चालन गर्ने व्यवसायीलाई लक्षित गरी सुरु भएको नेपाली एप ‘कारोबार’ले अष्ट्रियाको प्रतिष्ठित वर्ल्ड समिट अवार्ड (डब्लूएसए) पुरस्कार पाएको छ । 

तीन वर्षअघि विकास भएको यो एपले डब्लूएसए अन्तर्गत योङ इनोभेटर्स अवार्ड २०२३ प्राप्त गरेको हो । २००३ देखि वितरण हुँदै आएको वर्ल्ड समिट अवार्ड हालसम्म ५५० कम्पनीले पाइसकेका छन् ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने डिजिटल समाधानलाई यो पुरस्कार दिँदै आइएको छ । २६ वर्ष मुनिका व्यक्तिले विकास गरेको उत्कृष्ट समाधानलाई योङ इनोभेटर्स अवार्ड दिइने गरिन्छ ।

बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक एवं कारोबार एपका सञ्चालक समिर फुँयालले यो अवार्डले करोबार एप अब डब्लूएसएको कम्युनिटीको हिस्सा भएको बताएका छन् । साथै कारोबार एपले चिलीको पेटागोनियामा हुने डब्लूएसएको ग्लोबल कांग्रेसमा सहभागी हुने मौका पाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १८:४६