close

पोखरा क्षेत्रका लागि अटोवेज प्रालि बन्यो एथर बिजुली स्कुटरको डिलर

टेकपाना टेकपाना

फागुन १३, २०८० १२:८

पोखरा क्षेत्रका लागि अटोवेज प्रालि बन्यो एथर बिजुली स्कुटरको डिलर

पोखरा । पोखरा क्षेत्रका लागि एथर बिजुली स्कुटरको आधिकारिक डिलर अटोवेज प्रालि बनेको छ । यसका लागि नयाँबजारस्थित अटोवेज बिल्डिङमा शोरुम सञ्चालनमा ल्याइएको छ ।

वैद्य अर्गनाइजेसनको सहायक कम्पनी वैद्य इनर्जीले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौं र ललितपुरपछि पोखरामा बिक्री वितरण गर्न डिलर नियुक्त गरिएकाे हाे ।

शनिवारदेखि यस क्षेत्रका लागि एथरको बिक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा विगत २० वर्षदेखि पोखरामा सेवा दिइरहेको छ ।

पोखरामा पहिलो डिलरसँगै सर्भिस स्टेसन पाउनुको साथै दुई चार्जिङ स्टेसन यसअघि नै सञ्चालनमा आएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन् । त्यस्तै थप दुई चार्जरहरू शीघ्र जडान गरिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८० १२:२६