close

आउँदो ८ चैतमा सर्फेस, विन्डोज र कोपाइलट एआई इभेन्ट गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

फागुन २६, २०८० ८:२६

आउँदो ८ चैतमा सर्फेस, विन्डोज र कोपाइलट एआई इभेन्ट गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले सर्फेस ल्यापटप, विन्डोज र कोपाइलट एआई सम्बन्धी आउँदो ८ चैत (२१ मार्च) मा कार्यक्रम गर्ने भएको छ । यी उत्पादनबारे जानकारी दिन माइक्रोसफ्टले डिजिटल माध्यममार्फत कार्यक्रम गर्न लागेको हो । 

‘कामको नयाँ युग’ (न्यू एरा अफ वर्क) नारासहित हुने कार्यक्रममार्फत माइक्रोसफ्टले आफ्नो सर्फेस प्रो १० र सर्फेस ल्यापटप सिक्स सार्वजनिक गर्ने बताइएको छ । यी दुवै ल्यापटप एआरएम चिपमा आधारित हुनेछन् ।

सर्फेस प्रो १० मा एचडीआर सपोर्ट सहितको ओलेड स्क्रिन हुनेछ भने सर्फेस ल्यापटप सिक्समा डिस्प्ले बेजल्स केही पातलो हुने तथा किनारको भाग केही गोलाकार हुने बताइएको छ । 

त्यस्तै उक्त कार्यक्रममा विन्डोजका लागि कोपाइट एआईबारे नयाँ फिचर आउन चर्चा छ । यसले विन्डोज ११ मा एआई सम्बन्धी नयाँ अनुभव दिने जनाइएको छ ।

कार्यक्रम तथा योजनाबारे माइक्रोसफ्टले भने केही कुरा खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० ८:३१