close

कतिमा पढ्न पाइन्छ, एम्बिसन गुरुमा स्कुल-कलेज र लाेक सेवाका काेर्स ?

टेकपाना टेकपाना

चैत १२, २०८० १९:४४

कतिमा पढ्न पाइन्छ, एम्बिसन गुरुमा स्कुल-कलेज र लाेक सेवाका काेर्स ?

काठमाडौं । ईलर्निङ प्लेटफर्म एम्बिसन गुरु एपमा शैक्षिक संस्थााका सबै कोर्स, लोकसेवाका सबै तहका तयारी कक्षा र भाषासम्बन्धी सामग्री उपलब्ध छन् । विशेषगरी कक्षा १०, ११ र १२ लागि विज्ञान तथा व्यवस्थापन संकायका कोर्सहरूदेखि लोकसेवा (संघीय र प्रदेश), शिक्षक सेवा, बैंक तथा संस्थान, सुरक्षा निकाय र विभिन्न भाषा सम्बन्धी तयारी कक्षा सम्मका कोर्स यसमा पाउन सकिन्छ । 

विद्यार्थीका लागि उपयुक्त हुने गुणस्तरीय सिकाइ सम्बन्धी कोर्स यस प्लेटफर्ममा समावेश छन् । आज हामी एम्बिसन गुरुमा उपलब्ध विभिन्न कोर्स र त्यसका लागि लाग्ने शुल्कको चर्चा गर्दैछौं । 

एसईई

एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) का कोर्स पनि उपलब्ध गराउँदै आएको छ । २,४९९ रुपैयाँ शुल्क तिरेर विद्यार्थीले गणित, ऐच्छिक गणित, अङ्ग्रेजी, विज्ञान र सामाजिक विषय अध्ययन गर्न पाउँछन् । यी कोर्समा विद्यार्थीले खरिद गरेको समयदेखि जाँच हुने बेलासम्म पहुँच पाउन सक्छन् । एम्बिसन गुरुका अनुसार नेपाली र अङ्ग्रेजी दुवै  माध्यमका विद्यार्थीलाई उपयुक्त हुने गरी कोर्स तयार पारिएको छ । 

एम्बिसन गुरु प्लेटफर्ममा एसईईको तयारी गरिरहेका विद्यार्थी र कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीका लागि विज्ञान संकायका कोर्स राखिएका छन् । 

यसमा सुरुवाति २,९९९ रुपैयाँदेखि ४,९९९ रुपैयाँका कोर्स खरिद गर्न सकिन्छ । जाँच आउने बेलासम्म पढ्न सकिने यी कोर्स विभिन्न विषयको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि उपयुक्त हुने बताइएको छ ।

मेनेजमेन्ट (व्यवस्थापन संकाय)

एम्बिसन गुरुमा कक्षा १२ देखि मास्टरसम्मको व्यवस्थापन संकायका कोर्सहरू राखिएका छन् । यी कोर्सको सुरुवाति शुल्क ४९९ देखि  ११ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

 

लोकसेवा 

एम्बिसन गुरुमा लोकसेवा अन्तर्गतका ३१ ओटा विभिन्न कोर्स उपलब्ध छन् । जसमा न्यूनतम ३४९९ रुपैयाँदेखि अधिकतम १७ हजार ९९९ रुपैयाँसम्मका कोर्स पाउन सकिन्छ । विशेषगरी बैंक, विभिन्न संस्था, प्रदेश लोकसेवा, सुरक्षा निकाय, प्राविधिक सहायक लोकसेवा र शिक्षा सेवा आयोगका कोर्सहरू यसमा समावेश छन् ।

 

भाषा

त्यस्तै जापानी र कोरियाली भाषा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै एम्बिसन गुरुले छ महिने कोर्स पनि ल्याएको छ । जापानी भाषा अध्ययन गर्न चाहेका सहभागीले छ/छ महिनाको एन फोर र एन फाइभ लेभलको कोर्स लिनुपर्ने हुन्छ । यसका लागि ४,९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

त्यस्तै ‘बेसिक टु एड्भान्स’ लेभलको छ महिने कोरियाली भाषाको कोर्स एम्बिसन गुरुमा ३,९९९ रुपैयाँमा पढ्न पाइन्छ । 

 

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १७:३६