काठमाडौं । आईफोनका लागि एक्सेसरिज बनाउँदै आएको एमसीडोडोले नेपाली बजारमा दुई नयाँ इयरबड माेडेल सार्वजनिक गरेको छ । आईफोन प्रयोगकर्ताले पनि सजिलै प्रयोग गर्नसक्ने गरी कम्पनीले 'एचपी ३३००' र 'एचपी ३२९०' माेडेलका इयरबड ल्याएकाे हाे ।
यसमध्ये एचपी ३३०० इयरबडमा नोइज क्यान्सिलेसन, इन्टेलिजेन्ट टच, डुअल कल लगायतका विशेषता छन् । ब्लुटुथ भर्सन ५.३ मा आधारित यस इयरबडले टाइप–सी चार्जिङ्ग सपोर्ट गर्छ । यसको चार्जिङ केस ३०० एमएएच क्षमताकाे छ । कालो रङमा उपलब्ध यस इयरबडको मूल्य ४,८८० रुपैयाँ तोकिएको छ ।
त्यस्तै अर्को नयाँ इयरबड एचपी ३२९० मा डिजिटल डिस्प्ले दिइएको छ । ब्याट्री क्षमता ३० एमएएच भएको यसको चार्जिङ केस ३०० एमएएच क्षमताको छ । ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित यो इयरबडमा ६ घण्टाको प्ले टाइम रहेको छ । यसको मूल्य ३,७८५ रुपैयाँ तोकिएको छ ।
यी इयरबड देशभरका रिटेल स्टोर तथा दराज एपबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।