काठमाडौं । सरकारले देशैभर डिजिटल प्रविधिमा आधारित ठेगाना प्रणाली लागु गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले यस किसिमको घोषणा गरेको हो ।
मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशैभर भू-सूचना प्रणालीमा आधारित ठेगाना प्रणाली लागु गरिने बताए ।