close

बीवाईडीले नेपालमा एक दिनमै वितरण गर्‍यो ५० ओटा विद्युतीय गाडी

टेकपाना टेकपाना

जेठ ७, २०८१ ९:४०

बीवाईडीले नेपालमा एक दिनमै वितरण गर्‍यो ५० ओटा विद्युतीय गाडी

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभर गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित बीवाईडी सर्भिस सेन्टरमा कम्पनीले उत्सुक ग्राहकलाई बीवाईडी एट्टो थ्री र बीवाईडी डल्फिन ईभी डेलिभर गरेको हाे ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेहिकलको रूपमा बीवाईडी ई सिक्स समेत प्रदर्शन गरिएकाे थियाे । बीवाईडी ईभी प्रयोगकर्ताका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिंदै आएको साइमेक्सले जनाएकाे छ ।

निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।

“सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभर गरेर र सात वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेहिकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ,” साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, “साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान् बनाउनमा अडिग रूपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ ।”

आरएसए भेहिकलको परिचयसँगै बीवाईडी ग्राहकलाई देशभर सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि चिनिएका छन् । सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेसँगै साइमेक्स इंकले आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८१ ९:४०