close

गुगलले यसरी राखेको थियो आफ्नो एआई च्याटबटको नाम ‘जेमिनाई’

टेकपाना टेकपाना

जेठ १०, २०८१ १३:२९

गुगलले यसरी राखेको थियो आफ्नो एआई च्याटबटको नाम ‘जेमिनाई’

काठमाडौं । गुगलले पहिलो पटक २०२३ मा ‘जेमिनाई’ शब्द प्रयोग गरेको थियो । गुगल आईओ २०२३ का दौरानमा आफूले ल्याउन लागेको मल्टिमोडल प्रविधिबारे चर्चा गर्दा कम्पनीले यो शब्द प्रयोगमा ल्याएको थियो ।

त्यसको एक वर्षपछि कम्पनीले जेमिनाईलाई सर्च, एड्स, वर्कस्पेस, पिक्सेल र अन्य प्लेटफर्ममा ल्यायो । हालै सम्पन्न गुगल आईओ २०२४ मा कम्पनीले जेमिनाई कस्तो कस्तो काममा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएको छ । 

जेमिनाई नामका पछाडिको कथा 

गुगलका अनुसार एआईको सुरुवात गर्दा त्यसको अस्थायी नाम कम्पनीले ‘टाइटन’ राखेको थियो । टाइटन शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा हो । जेमिनाईका टेक्निकल लिड जेफ डायनलाई यो ननाम त्यति नम परेको थिएन । तर यो नामले उनलाई एउटा नामको आइडिया दियो । जसलाई उनी अन्तरिक्षसँग जोड्न सक्थे ।

पछि सो एआई मोडेलको नाम जेमिनाई राख्ने तय भयो । जुम्ल्याहलाई ल्याटिन भाषामा ‘जेमिनाई’ भनिन्छ । अर्थात कम्पनीले यसका दुई ओटा महत्त्वपूर्ण पक्षलाई प्रकाश पार्न यस्तो नाम राखेको डायनको भनाइ छ ।

ग्रीक पौराणिकमा यी दुई चम्किला ताराहरू कास्टर र पोलक्स (Caster & Pollux) सँग सम्बन्धित नक्षत्रलाई ‘जेमिनाई’ भनिन्छ । आफ्नो प्लेटफर्मका दुई ओटा पक्ष दर्शाउन कम्पनीले एआई मोडेलको नाम जेमिनाई राखेको जनाएको छ ।

एउटा पक्ष भनेको जेमिनाई (मिथुन) राशि दोहोरो स्वभावको व्यक्तित्वका रूपमा चिनिन्छ । विशेषगरी यो राशिका व्यक्तिहरू अनुकूलनीय हुन्छन्, धेरै परक व्यक्तिहरूसँग जोडिन सक्छन्, र कुनै पनि कुरालाई फरक दृष्टिकोणबाट हेर्न सक्छन् । यी विशेषता आफूले सार्वजनिक गर्न लागेको टुलको विशेषतासँग मेल खाने भएपछि गुगलले जेमिनाईलाई प्राथमिकतामा राख्यो । विशेषगरी यसले कोडिङ र फोटो दुबैमा काम गर्न सक्ने भएकाले कम्पनीलाई ती दुई पक्षलाई विशेष प्राथमिकता दिएको छ । 

विगत एक दशकदेखि गुगल रिसर्चका डिपमाइन्ड र ब्रेन टिम एआईमा अनुसन्धानमा सक्रिय बनेका थिए । एआई क्षेत्रमा भएको यो अनुसन्धानलाई गुगलले विश्वकै सबैभन्दा ठूलो र वृहत् अनुसन्धानका रूपमा हेर्दै आएको थियो ।

त्यतिबेला गुगल डिप लर्निङ, डिप रेनफोर्समेन्ट लर्निङ, अल्फा गो र ट्रान्सफर्मर आर्किटेक्चर जस्तो लार्ज ल्याङ्ग्वेज मोडेमा जाम गरिरहेको थियो । अप्रिल २०२३ मा भने कम्पनीले यी  विभिन्न परियोजनालाई गुगल डिपमाइन्ड परियोजनाका रूपमा अगाडि बढायो । 

गुगलले सार्वजनिक गरेको ब्लगमा जेमिनाई नामका पछाडिको अर्को रहस्य पनि उजागर गरिएको छ । ‘प्रोजेक्ट जेमिनाई’ नासाले सन् १९६० मा थालेको एउटा कार्यक्रम हो । जहाँ कम्पनीले एपोलो मुन ल्यान्डिङका लागि महत्त्वपूर्ण प्रविधिको परीक्षण गरेको थियो ।

गुगलले नासाको त्यो नवीनतम पहलको महत्त्व बुझेको थियो । र, जसरी नासाले अन्तरिक्ष अन्वेषण गर्न प्रोजेक्ट जेमिनाई अगाडि सारेको थियो त्यस्तै आफूले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्र अन्वेषण गर्न लागेकाले ‘जेमिनाई’ नाम राखेको कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १३:२९