close

माइक्रोसफ्टको सर्च इन्जिन ‘बिङ’ र एआई च्याटबट ‘कोपाइलट’ डाउन

टेकपाना टेकपाना

जेठ १०, २०८१ १४:४

माइक्रोसफ्टको सर्च इन्जिन ‘बिङ’ र एआई च्याटबट ‘कोपाइलट’ डाउन

काठमाडौं । सर्च इन्जिन बिङ र एआई च्याटबट कोपाइलट डाउन भएका छन् ।

अहिले नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले माइक्रोसफ्टका यी प्लेटफर्ममा पहुँच नपाएको भन्दै इन्टरनेटमा गुनासो गरेका छन् ।

माइक्रोसफ्टले भने आफ्नो सर्च इन्जिन र एआई च्याटबट डाउन भएको विषयमा आधिकारिक जानकारी बाहिर ल्याइसकेको छैन ।

साथै अर्को सर्च इन्जिन डकडकगो पनि अहिले डाउन भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १४:१४