close

ढोकामा घण्टी बज्यो ? तपाईँले नसुने पनि तपाईँको आईफोनले सुन्नेछ

टेकपाना टेकपाना

जेठ १०, २०८१ १८:८

ढोकामा घण्टी बज्यो ? तपाईँले नसुने पनि तपाईँको आईफोनले सुन्नेछ

काठमाडौं । सामान्यतः घरमा बसेको बेला हामीलाई धेरै कुराको ख्याल हुन्न । जस्तो कि आफू एकातिर भइन्छ, अर्कोतिर पानी तातिएर कित्लीको आवाज आइरहन्छ, कुकुर भुकिरहेको हुन्छ, ढोकामा घण्टी बजिरहेको हुन्छ । यस्ता धेरै कुराहरू छन्, जसबारे हामीलाई ध्यान नै हुँदैन । तर यस्ता कुरालाई तपाईँले आफ्नो आईफोनमार्फत कन्ट्रोल गर्न सक्नुहुन्छ ।

आईफोनमा केही यस्ता एक्सेसिबिलिटी फिचरहरू छन्, जसले तपाईँको वरपर भइरहेको गतिविधिको आवाज सुन्न सक्छ र त्यो केको आवाज हो भनेर तपाईँलाई जानकारी दिनसक्छ । धेरै आईफोन प्रयोगकर्तालाई यो फिचरको विषयमा त्यति जानकारी नहुन सक्छ ।

हुन त यो फिचरमा केही सीमतता छन् । यसले सबै आवाज पत्ता लगाउन सक्दैन । भविष्यमा कम्पनीले यस विषयमा केही परिमार्जन गर्ला । तर अहिलेलाई भने उपलब्ध फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानौं: 

- सबैभन्दा सुरुमा 'Setting' गएर 'Accessibility' मा ट्याप गर्नुहोस् ।

- स्क्रिन स्क्रोल गरेर साउन्ड रिकग्निसनमा ट्याप गर्नुहोस् ।

- स्क्रिनको दायाँतिर भएको टोगल अन गर्नहोस् ।

- त्यसपछि स्क्रिनमा 'Sound' भन्ने एउटा अप्सन देखिन्छ, त्यहाँ ट्याप गर्नुहोस् ।

- अब तपाईँले विभिन्न अप्सनहरू देख्न सक्नुहुन्छ । यहाँ आगो, धुवाँ, साइरन, कुकुर बिरालोदेखि लिएर ढोकाको घण्टी बजेको वा ढोका ढकढक्याएको, पानी परेको, कित्ली कराएको, बच्चा रोएको, कोही चर्को आवाजमा कराएको, खोकेको लगायतका विभिन्न आवाजहरू पाउन सकिन्छ । तपाईँले आवश्यक पर्ने आवाजहरूको टोगल अन गर्नुहोस् । 

- यसपछि तपाईँले इनेबल गरेको आवाज फोनले डिटेक्ट गर्ने बित्तिकै तपाईँको फोनमा नोटिफिकेसन आउनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १८:१८