close

काठमाडौंमा एयोन वाई ईभीको नयाँ शोरुम, थप ५० ठाउँमा चार्जिङ स्टेसन राख्दै चौधरी ग्रुप

टेकपाना टेकपाना

जेठ १०, २०८१ १९:४८

काठमाडौंमा एयोन वाई ईभीको नयाँ शोरुम, थप ५० ठाउँमा चार्जिङ स्टेसन राख्दै चौधरी ग्रुप

 

काठमाडौं । जीएसी मोटर्सका लागि एयोन ब्राण्डको विद्युतीय गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ स्वरुम सञ्चालनमा ल्याएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै सीजी मोटर्सले थापाथलीमा उ‌द्घाटन गरेको हो । 

शोरुम​मा कम्पनीले एयोन वाई ईभीको विशेष प्रदर्शनी गरेको छ । १०० किलोवाट मोटर रहेको गाडीले २२५ एनएमको अधिकतम टर्क दिने कम्पनीले जनाएको छ ।

जीएसीका अनुसार यसको लिथियम-आइरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ किलोवाट आवर छ । यसमा ६.६ किलोवाट चार्जरको पनि सुविधा दिइएको छ । एक पटकको फुल चार्जमा यस ईभीले ५०० किमिभन्दा बढीको रेञ्ज दिने कम्पनीको दाबी छ । 

एयोन वाईको अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेक छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ । एयोन वाईमा १७ इन्चको आल्मुनियम एलोए पाङ्‌ग्रा, एलईडी डे टाइम रनिङ लाइट, फोल्डिङ साइड मिरर र पानीको सेन्सर भएको वाइपरको सुविधा दिइएको छ । 

यसमा पानोरमिक सनरूफ, एम्बियन्ट लाइटिङ र ४०५ लिटरको बुट स्पेस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसलाई १२०० लिटर सम्म बढाउन सकिन्छ ।

एयोन वाईमा सुरक्षालाई विशेष ध्यान पुऱ्याइएको कम्पनीले उल्लेख गरेको छ । गाडीमा आठ ओटा एयरब्याग, अगाडिका साइड एयरब्याग, साइड कटन एयरब्याग र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेकको सुविधा पनि अटाइएको छ । गाडीमा १०.२५ इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि-इन्फरमेसन डिस्प्ले र १४.६ इन्च टच स्क्रिन डिस्प्ले रहेको छ । 

यसबाहेक एचडी भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री र ३६०० एचडी भ्यू क्यामेरा सिस्टम पनि समावेश गरिएको छ । 

जीएसीले नेपालभर १२० भन्दा बढी स्थानमा चार्जिङ सेवा दिदै आइरहेको जनाएको छ । र, छिट्टै थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८१ १९:४८