close

प्रिजेन्टेसन बनाउन कत्तिको उपयुक्त छ निःशुल्क उपलब्ध गुगल स्लाइड ?

टेकपाना टेकपाना

जेठ १३, २०८१ १०:५४

प्रिजेन्टेसन बनाउन कत्तिको उपयुक्त छ निःशुल्क उपलब्ध गुगल स्लाइड ?

काठमाडौं । प्रिजेन्टेसनका लागि विभिन्न सफ्टवेयर प्रोग्राम उपलब्ध छन् । ती मध्येकै एक हो, गुगल स्लाइड्स । गुगल वर्कस्पेसका विभिन्न प्रोग्राममध्येको एक हो, यो । 

गुगल वर्कस्पेसमा जिमेल, शिट्स, डक्स, मिट लगायतका  विभिन्न प्रोडक्टिभिटी एप रहेका छन् । हामी आज भने गुगल स्लाइडबारे चर्चा गर्दै छौं । 

गुगल स्लाइड्सबाट प्रयोगकर्ताले अनलाइनमार्फत स्लाइड बनाउन, देखाउन र अन्यसँग सहकार्य गर्न सक्छन् । यसका साथै ती स्लाइडलाई गुगलकै अन्य एपमार्फत सोझै देखाउन पनि सकिन्छ । जस्तै: गुगल मिट अथवा युट्युबमा स्लाइड प्रिजेन्टेसन गर्न सकिन्छ । 

हालै गुगलले जेमिनाई एआईलाई आफ्नो वर्कस्पेसमा प्रोग्रामहरूमा एकीकृत गर्ने बताएको छ । त्यसअन्तर्गत स्लाइड छुट्नै कुरा नै भएन । यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताहरूले स्लाइडका लागि फोटो बनाउन र कन्टेन्ट लेख्न जेमिनाईको सहायता लिन सक्ने छन् ।

के हो गुगल स्लाइड ? 

गुगल स्लाइड एक प्रकारको क्लाउडमा आधारित प्रिजेन्टेसन प्रोग्राम हो । अनलाइनमा स्लाइड बनाउन र शेयर गर्न गुगल स्लाइड प्रयोग गर्ने गरिन्छ । यसका लागि स्लाइडमा विभिन्न प्रकारका थिम पाइन्छन् । जसलाई सजिलैसँग प्रयोगकर्ताले विभिन्न रङ्ग, आकारमा आफू अनुकूल परिमार्जन गर्न सक्छन् ।

त्यस्तै फोटो थप्ने, युट्युबबाट भिडिओ हाल्ने, गुगल शिटबाट चार्जहरू हाल्ने काम पनि गर्न सकिन्छ । यसबाहेक उही परियोजनामा आफ्ना सहकर्मीसँग एउटै समयमा काम गर्न सकिन्छ छन् । गुगल स्लाइडमा बनाउने स्लाइडको कुनै सीमा छैन । तर उक्त फाइल एक सय एमबीभन्दा धेरै भने हुनु हुँदैन ।

गुगल स्लाइडमा कसरी पहुँच बनाउने ? 

यसका लागि केही विकल्प छन् । जस्तो: तपाईंले सिधै यहाँ क्लिक गरी स्लाइडको वेबसाइटमा जान सक्नुहुन्छ । अथवा वेबमार्फत जिमेल खोल्दा अथवा गुगल चलाउँदा माथि दायाँ भागमा भएको गुगल एप्स आईकनमा क्लिक गरेर पनि स्लाइडमा पुग्न सक्नुहुन्छ ।

त्यस्तै अर्को तरिका तपाईंले आफ्नो एप्पल अथवा एन्ड्रोइड डिभाइसका लागि स्लाइडको एप डाउनलोड गर्न सक्नुहुन्छ । 

उपलब्ध टेम्प्लेट 

तपाईंलाई आवश्यक पर्ने खालका विभिन्न स्लाइड टेम्प्लेट गुगल स्लाइडमा उपलब्ध छन् । जस्तै कि फोटोग्राफी पोर्टफोलियो, पिच डेस्क, केस स्टडिज्, साइन्स फेयर प्रोजेक्ट आदि । 
 

पावर पोइन्टभन्दा के कति छ भिन्न ? 

गुगल स्लाइड्स र पावर पोइन्ट दुवै प्रिजेन्टेसन प्रोग्राम हुन् । गुगल स्लाइड गुगल र पावर पोइन्ट माइक्रोसफ्टबाट सञ्चालित छ । यसका साथै पावरपोइन्ट अफलाइन र स्लाइड अनलाइन प्रोग्राम हो ।

प्रयोगकर्ताले गुगल स्लाइडलाई पावरपोइन्ट प्रेजेन्टेसन र पावरपोइन्ट प्रिजेन्टेसनलाई गुगल स्लाइडमा परिवर्तन गर्न सक्छन् । पछिल्लो समय इन्टरनेटको पहुँच सजिलै हुने र एआई टुल एकीकृत गरिएका हुनाले पावरपोइन्ट भन्दा स्लाइड राम्रो हुँदै गएको पाउन सकिन्छ ।  

गुगल स्लाइड चलाउन कसरी सिक्ने ? 

गुगल वर्कस्पेसमा पनि केही गाइड र टिप्स छन् । यदि केही गर्न मन भए स्लाइडबारेको कोर्स विभिन्न वेबसाइट अथवा युट्युब च्यानलबाट लिन सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८१ १०:५४