close

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको लक्ष्य

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:५७

सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने सरकारको लक्ष्य

काठमाडौं । नेपालमा हरित हाइड्रोजन प्रवर्द्धनका लागि अनुसन्धान र विकास गर्न सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार प्रस्तुत गरेको बजेटमा यससम्बन्धी कार्यक्रम समावेश छ ।

उनले सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाष्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमश: विस्थापन गरिने बताए ।

यसका साथै ऊर्जा उत्पादनलाई विविधीकरण गर्न निजी क्षेत्रबाट १०० मेगावाटको सौर्य विद्युत जडान गर्न व्यवस्था गरिने पनि बताए ।

सबै प्रकारको ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:५७