close

बजारमा अल्टिमाको नयाँ स्मार्टवाच ‘म्याग्नम ई४००’ आउँदै, लन्च अफरमा १५०० छुट

टेकपाना टेकपाना

जेठ १८, २०८१ १२:२

बजारमा अल्टिमाको नयाँ स्मार्टवाच ‘म्याग्नम ई४००’ आउँदै, लन्च अफरमा १५०० छुट

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘म्याग्नम ई४००’ ( Ultima Watch Magnum E400) मोडेलको नयाँ स्मार्टवाच बजारमा ल्याउने भएको छ । २२ जेठमा सार्वजनिक हुने याे स्मार्टवाचकाे मूल्य ५४९९ रुपैयाँ ताेकिएकाे छ । तर सार्वजनिक भएको दिन स्मार्टवाच किन्दा १५०० रुपैयाँ छुट पाइने कम्पनीले जनाएकाे छ ।

यो स्मार्टवाच विभिन्न अनलाइन प्लेटफर्म दराज, अल्टिमा, जीभी, ब्रोदरमार्टबाट खरिद गर्न सकिनेछ । त्यस्तै डिजिटल वालेट ईसेवा, आईएमई पे र खल्तीबाट पनि यो स्मार्टवाच खरिद गर्न सकिन्छ । भौतिक रूपमा भने हुकुट स्टोर र नेपालका अन्य रिटेल स्टोरहरूमा खरिद गर्न सकिनेछ । 

रोयल ब्ल्याक र रोयल सिल्भर कलर भेरियन्टमा खरिद गर्न सकिने यो स्मार्टवाचमा थप अर्को स्ट्राइप निःशुल्क पाउन सकिनेछ । 

कस्तो छ अल्टिमा म्याग्नम ई४०० ?

१.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचमा ४६६*४६६ पिक्सेल रेजोलुसनको फुल स्क्रिन टच डिस्प्ले छ । यसमा ८०० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ भने २०० बढी वाच फेस छान्न सकिन्छ । ती वाचफेस आवश्यकता अनुसार कस्टमाइज गर्न सकिने जनाइएको छ । 

साधारण प्रयोगमा पाँचदेखि सात दिनसम्म ब्याट्री टिक्ने दाबी गरिएको यस स्मार्टवाचमा २८० एमएएच क्षमताको लिथियम पोलिमर ब्याट्री दिइएको छ । स्ट्यान्डबाई मोडमा  ३० दिनसम्म ब्याट्री टिक्ने दाबी कम्पनीको छ । ब्याट्रीलाई दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ भने यसले वायरलेस चार्जिङ सपोर्ट गर्ने बताइएको छ । 

यसले आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ । जसलाई एक मिटरसम्मको गहिराइमा ३० मिनेटसम्म डुबाउँदा कुनै असर नपर्ने बताइएको छ । यद्यपि स्विमिङ गर्दा वा नुहाउँदा स्मार्टवाच प्रयोग नगर्न कम्पनीले सुझाव दिएको छ ।

यसले दूरी, पैतालाको चाल, खपत भएको क्यालोरी आदि मनिटर गर्न सक्छ । यसमा सयभन्दा बढी स्पोर्ट्स मोडहरू दिइएको छ । 

चौबिसै घण्टा मुटुको धड्कन नाप्ने यो स्मार्टवाचले एसपीओ टु, स्लिप, फिमेल हेल्थ, स्ट्रेस मनिटर गर्ने बताइएको छ । त्यस्तै यसले पानी पिउनका लागि अलर्ट दिने र ब्लड प्लेसर समेत नाप्ने कम्पनीले उल्लेख गरेको छ । 

फोनको म्यासेज, कल, ह्वाट्सएप, सामाजिक सञ्जालको नोटिफिकेसन आदि स्मार्टवाचबाटै व्यवस्थापन गर्न सकिने कम्पनीको भनाइ छ । यसमा एआई भ्वाइस असिस्टेन्ट, क्याल्कुलेटर, म्युजिक एन्ड क्यामेरा कन्ट्रोल, वेदर, अलार्म, फाइन्ड माई फोन, टाइमर र रेज टु वेकअप जस्ता सुविधा दिइएको छ । 

यो  स्मार्टवाच एन्ड्रोइड भर्सन ५.० र आईओएस भर्सन ११ भन्दा माथिका अपरेटिङ सिस्टम सपोर्ट हुने डिभाइसमा कनेक्ट गर्न सकिन्छ । त्यसका लागि प्रयोगकर्ताले कोफिट एप इन्स्टल गर्नुपर्ने हुन्छ । 

यसमा एक वर्षको ब्रान्ड वारेन्टी दिइएको छ भने ३० दिनसम्मको रिप्लेसमेन्ट ग्यारेन्टी दिइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८१ १६:४४