close

नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा तथा नवीकरण गर्दा एनसेल प्रयोगकर्तालाई ५५ प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ २२, २०८१ १८:४१

नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा तथा नवीकरण गर्दा एनसेल प्रयोगकर्तालाई ५५ प्रतिशत छुट

काठमाडौं । शेयरमा लगानी गर्ने ग्राहकका लागि माेबाइल सेवाप्रदायक एनसेल र शेयर ब्रोकरेज फर्म नासा सेक्युरिटिज कम्पनी लिमिटेडले नयाँ अफर ल्याएका छन् । एनसेल एपमार्फत नासा सेक्युरिटिजका विभिन्न सेवाहरू उपभोग गर्न पाउने गरी यी दुई कम्पनीबीच सहकार्य भएकाे हाे । 

यस अन्तर्गत एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउनेछन् । हाल पहिलो पटक डिम्याट खाता खोल्दा १०० र मेरो शेयरमा दर्ता हुन ५० रुपैयाँ लाग्ने गरेको छ । 

त्यस्तै एनसेल एपबाटै ग्राहकले आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरो शेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरू भए राख्न सक्नेछन् । 

आम उपभोक्तालाई प्रविधिमा पहुँच सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा शेयर कारोबारलाई डिजिटलाइज बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहित रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए । 

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले १०० बढी देशमा उपलब्ध रोमिङ सेवा प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोली शेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरी सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने उनको भनाइ छ  । 

‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्तालाई अनलाइन शेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरू पनि हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १८:४१