काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड नु रिपब्लिक (Nu republic)ले आफ्ना तीन उत्पादनमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । प्रडक्ट रिलञ्च गरेको उपलक्ष्यमा कम्पनीले साउन्डबार २०, ट्रान्सफर्म एक्स इयरबड्स र क्रिड म्याक्स स्मार्टवाचमा यस्तो छुट दिन लागेको हाे ।
क्लासिक स्लिम डिजाइन भएको साउन्डबारमा एक्सबेस टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा ब्लुटुथ ५.३ छभने १२ घण्टा सम्मको प्ले टाइम पाउन सकिने कम्पनीको दाबी छ । यो साउन्डबारमा बेस साउन्ड निकै राम्रो रहेको कम्पनीको भनाइ छ । तीन हजार ७९९ रुपैयाँ पर्ने साउन्डबार ग्राहकले दुई हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् ।
त्यस्तै ईएनसी टेक्नोलोजी रहेको कम्पनीको अर्को उत्पादन हो, ट्रान्सफर्म एक्स इयरबड्स । फास्ट चार्जिङ सपोर्ट गर्ने यस इयरबड्समा ६० घण्टासम्म प्ले टाइम पाउन सकिने कम्पनीले जनाएको छ । इयरबड्स १५ मिनेट चार्ज गर्दा १५० मिनेटको प्ले टाइम पाउन सकिने कम्पनीकाे दाबी छ । पाँच हजार १९९ रुपैयाँ बजार मूल्य रहेकाे यो इयरबड्स तीन हजार ३९९ रुपैयाँमै खरिद गर्न सकिने छ ।
त्यस्तै क्रिड म्याक्स नामकाे स्मार्टवाच कम्पनीको अर्को प्रडक्ट हो । यस स्मार्टवाचमा १.४३ इन्चको एचडी आईपीएस डिस्प्ले दिइएको छ । एआई भोइस एसिस्टेन्ट सपोर्ट गर्ने यो स्मार्टवाचले आईपी ६७ रेटिङ पाएको छ । पाँच हजार ९९९ रुपैयाँ पर्ने यो स्मार्टवाच रिलञ्च अफर अवधिभर दुई हजार ९९९ रुपैयाँमै किन्न सकिने छ ।