close

एन्ड्रोइड फोनमा यसरी परिवर्तन गर्नुहोस् भोइस असिस्टेन्ट

टेकपाना टेकपाना

असार १३, २०८१ ११:५७

एन्ड्रोइड फोनमा यसरी परिवर्तन गर्नुहोस् भोइस असिस्टेन्ट

काठमाडौं । एन्ड्रोइड डिभाइसमा भएको गुगल भोइस असिस्टेन्टले फोनलाई केही हदसम्म भए पनि स्मार्ट बनाउने गरेको छ । यसको प्रयोगमार्फत तपाईंले आवाजका आधारमा नै फोनलाई केही काम गर्न लगाउन सक्नुहुन्छ । 

सोही भोइस असिस्टेन्टमा गुगलले आफ्नो एआई टुल जेमिनाईलाई समेत एकीकृत गरेको छ । त्यसो हुँदा भोइस असिस्टेन्ट जेमिनाईबाट तपाईंले अझ बढी उत्तर पाउन सक्नुहुन्छ ।

आज हामी भोइस असिस्टेन्टमा जेमिनाई एकीकृत गर्ने तरिका र पुन: जेमिनाईलाई हटाउने तरिकाबारे जानकारी दिने छौं:

भोइस असिस्टेन्टमा जेमिनाई राख्ने तरिका

-गुगल एपमा जानुहोस् । यसका लागि तपाईंले फोनलाई बायाँ स्वाइप गर्ने अथवा सिधै गुगल एप खोल्न सक्नुहुन्छ ।

-अब बायाँ भागमा भएको प्रोफाइल पिक्चरमा ट्याप गरेर सेटिङमा जानुहोस् ।

-अलि तल हुँदै जेमिनाईमा ट्याप गर्नुहोस् ।

-अब त्यहाँ तल दायाँ भागमा ‘स्विच’ को विकल्प दिइएको छ । त्यसमा ट्याप गर्दै गएर ‘स्विच जेमिनाई’मा ट्याप गर्नुहोस् । 

यति गरेपछि अब तपाईंको भोइस असिस्टेन्टमा जेमिनाई हुन्छ ।


भोइस असिस्टेन्टमा जेमिनाई हटाउने तरिका

-गुगल एपमा गएर सेटिङमा जानुहोस् ।

-भोइस असिस्टेन्टमा ट्याप गर्नुहोस् ।

-’डिजिटल असिस्टेन्ट्स फर्म गुगल’मा ट्याप गर्नुहोस् ।

-अब जेमिनाई र गुगल असिस्टेन्टमध्ये गुगल असिस्टेन्ट छान्नुहोस् । त्यसो गर्दा नयाँ पप अप मेसेज आउँछ । त्यहाँ ‘स्विच’मा ट्याप गर्नुहोस् ।


यसरी तपाईंले आफ्ना गुगल असिस्टेन्टलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८१ १३:२७