काठमाडौं । नेपाली बजारमा रियलमीका दुई नयाँ फाइभजी स्मार्टफोन भित्रिने भएका छन् । कम्पनीले 'रियलमी नार्जो ७० प्रो' र 'रियलमी १२ एक्स' नेपाली उपभोक्तामाझ ल्याउने तयारी गरेको हो ।
यी दुवै फोनमा १२० हर्जको अल्ट्रा स्मुथ एमोलेड डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।
रियलमी नार्जो ७० प्रो फाइभजी
फोटोग्राफीका लागि परिचित यो फोनमा सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर शट एल्गोरिदम प्रयोग गरिएको छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे मुख्य सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेल डेप्थ सेन्सर भएको क्यामेरा सेटअप छ । त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ ।
यो फोनमा ६.६७ इन्चको फुलएचडी एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट रहेको छ ।
ग्राहकले ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सक्नेछन् । ५००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनले ६७ वाटको सुपरभोक चार्ज सपोर्ट गर्छ ।
रियलमी १२ एक्स फाइभजी
रियलमी १२ एक्स फाइभजी स्मार्टफोनमा ६.७२ इन्चको फुलएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ । १२० रिफ्रेस रेट भएको फोनमा ९५० निट्सको अधिकतम ब्राइटनेस पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित यो फोनमा ६ एनएम डाइमेन्सिटी ६१००+ फाइभजी चिपसेट छ ।
४ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने फाेनमा ५० मेगापिक्सेल र २ मेगापिक्सेल गरी डुअल क्यामेरा छ भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्रीका लागि कम्पनीले ४५ वाटको सुपरभोक चार्जर दिनेछ ।
भारतीय बजारमा यी फोन २० हजार भारुमुनिमा उपलब्ध छन् । नेपाली बजारमा ३० हजार रुपैयाँ वरिपरि मूल्य हुने अनुमान गरिएको छ ।