close

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण, बैंक नोटदेखि राहदानीसम्म नेपालमै छाप्ने योजना

टेकपाना टेकपाना

असार १८, २०८१ १९:३३

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण, बैंक नोटदेखि राहदानीसम्म नेपालमै छाप्ने योजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।  मंगलवार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम मंगलबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त विधेयक संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको थियो ।

योसँगै अब सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्रीको छपाइ स्वदेशमै गर्ने कानुनी बाटो खुलेको छ । यसअन्तर्गत नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र लगायत नेपालमै छाप्न मिल्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८१ १२:२९