काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ अभियान ल्याएको छ । यस अभियान अन्तर्गत सक्रिय ग्राहकहरूलाई डिजिटल लाइफ कार्ड सेवा गराइने कम्पनीले जनाएको छ ।
मेटलाइफका ग्राहकले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको बीमा शुल्क आउँदो असार ३१ सम्म तिरेर यो अफरमा सहभागी हुन सक्नेछन् । वान बाई मेटलाइफ एपमा दर्ता र लगइन गरेर भुक्तानी गरेको भोलिपल्टै ग्राहकले आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो सुविधाबाट ग्राहकले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकतालाई पूर्ति गर्न विभिन्न छुटको फाइदा लिन सक्नेछन् । लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ्य संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ ।
यस पहलले मेटलाइफ नेपालको परम्परागत बीमा कभरेजभन्दा बाहिरका महत्त्वपूर्ण लाभहरू प्रदान गर्दै ग्राहकहरूलाई सुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ ।