close

ग्लोबल आईएमई बैंकले नेपाली आईटी कम्पनीका सफ्टवेयर र नवीनतम उत्पादन प्रयोग गर्ने

टेकपाना टेकपाना

असार २२, २०८१ १२:२९

ग्लोबल आईएमई बैंकले नेपाली आईटी कम्पनीका सफ्टवेयर र नवीनतम उत्पादन प्रयोग गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाली आईटी कम्पनीले तयार पारेका नवीनतम प्रडक्ट र सफ्टवेयर प्रयोग गर्ने भएको छ । यस विषयमा हालै बैंकले नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (न्यास-आईटी) सँग साझेदारी भएको हो । 

यस साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले न्यास-आईटी सदस्य कम्पनीहरूले तयार पारेका उत्पादन प्रयोग गर्नेछ । त्यस्तै न्यास-आईटीले बैंकको डिजिटल बैंकिङ र आईटी टोलीलाई प्राविधिक प्रगति सम्बन्धी सल्लाह दिने बताइएको छ ।  

ग्लोबल आईएमई बैंक न्यास-आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो साझेदार बनेको छ । यसमार्फत विभिन्न कम्पनीसँग साझेदारी गर्न, अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायलाई सहयोग गर्न तथा सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दिगो कोष स्थापना गरिएको हो ।

पछिल्लो अध्यावधिक: असार २२, २०८१ १३:८