काठमाडौं । नेपालगञ्जमा विद्युतीय गाडी ओमोडा ईफाइभ उपलब्ध भएको छ । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरशिप विस्तार गरेसँगै ओमोडा ईफाइभ पनि सार्वजनिक गरेको हो ।
ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
“हामीले ओमोडा ईफाइभका लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौं,” एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, “हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो ।”
उनले अगाडि भने, “नेपालगञ्जका हाम्रो ग्राहक र ईभी प्रेमीलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौं ।”
नेपालगञ्जमा एसपीजी अटोमोबाइल्सको नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ पनि सञ्चालनमा आएको छ ।
ओमोडा ईफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । प्रि-बजेट अन्तर्गत ६१ लाख ९९ हजारमा सिङ्गल टोन, ६२ लाख ४९ हजारमा डुअल टोन भएको ओमोडा ईफाइभ खरिद गर्न सकिन्छ ।
यो ईभीले ४३० किमिको लामो रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स छ । ९९ किलोवाटको मोटर रहेको यस गाडीमा एडीएएस (ADAS) सुरक्षित ड्राइभिङ प्रणाली रहेको छ ।
ओमोडा ईफाइभमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ ।