close

माइक्रो एसडी र टीफ कार्डमा के छ फरक ?

टेकपाना टेकपाना

असार २३, २०८१ १७:५१

माइक्रो एसडी र टीफ कार्डमा के छ फरक ?

काठमाडौं । स्मार्टफोन, क्यामेरा, ट्याब्लेट जस्ता डिभाइसमा राख्न मिल्ने भएपछि साना आकारका स्टोरेज डिभाइस निकै लोकप्रिय भएका छन् । विशेषतः अहिले माइक्रो सेक्योर डिजिटल (एसडी) कार्ड निकै चर्चित छन् । यस्तोमा तपाईंलाई ट्रान्सफ्ल्याश (टीएफ) कार्ड र माइक्रो एसडी कार्ड एउटै हुन् कि भन्ने लाग्न सक्छ ।

आज हामी हेर्दा/सुन्दा उस्तै लाग्ने यी दुई कार्डको फरकबारे चर्चा गर्ने छौं:

के हो टीएफ कार्ड?

पुराना डिजिटल क्यामेरामा प्रयोग हुने ठूला आकारका एसडी कार्डलाई प्रतिस्थापन गर्न मोटोरोला र सानडिस्कले टीएफ कार्ड (TF Card) बजारमा ल्याएका थिए । सन् २००४ देखि बजारमा आएको टीएफ कार्ड तुलनात्मक रूपमा सानो र हलुका हुन्छ । तर यसको पढ्ने तथा लेख्ने क्षमता भने छिटो छ । 
 

केके छन् त भिन्नता ?

सेक्योर डिजिटल एसोसिएसनले टीएफ कार्ड जस्ता स-साना कार्डहरूलाई एउटै नाम दिएको छ, माइक्रो एसडी कार्ड । यो सन् २००५ ताकाको कुरा हो । त्यतिबेला एसडी एसोसिएसनलाई स्यानडिस्कले अधिग्रहण गरेको थियो । यसरी टीएफ कार्डलाई पनि माइक्रो एसडी भन्न थालियो ।

अहिले माइक्रो एसडी कार्डलाई सानो आकारको डिभाइसबाट सजिलै हटाउन मिल्ने फ्ल्याश मेमोरी कार्डका रूपमा चिनिन्छ । 

यदि तपाईंको इलेक्ट्रोनिक डिभाइसमा टीएफ कार्ड सपोर्ट गर्छ भने तपाईंले माइक्रो एसडी कार्ड पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै तपाईंसँग एसडी कार्ड मात्र सपोर्ट गर्ने पुरानो डिभाइस छ भने तपाईंले एसडी एडप्टर प्रयोग गर्न सक्नुहुन्छ । 

हाल सानडिस्क, लेक्जर, गिगास्टोन जस्ता विभिन्न ब्रान्डले फरक फरक क्षमताको एसडी कार्ड बनाइरहेका छन् । यसका साथै यसको क्षमता पनि सुधार हुँदै गइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८१ १७:५९