काठमाडौं । कतिपयलाई लाग्न सक्छ, एन्ड्रोइड र गुगल टिभी एउटै हुन् । गुगल अन्तर्गत एन्ड्रोइड रहेकाले यस्तो लाग्नु स्वाभाविक हो । तर फेरि यी दुवै टिभी गुगलले नै बनाएको हो । के त्यसो भए एन्ड्रोइड र गुगल टिभी एउटै हुन् ? ठ्याक्कै यसको उत्तर हो, होइन । यिनीहरूलाई यसरी बुझौं, यी दुवै टिभीसँग एउटै डीएनए छ । तर दुवै टिभीले दिने अनुभव भने फरक-फरक छ ।
धेरै स्मार्ट टिभी र स्ट्रिमिङ डिभाइसका लागि एन्ड्रोइड टिभी गो-टु अपरेटिङ सिस्टम जस्तै रहेको छ । अथवा टिभीका लागि आवश्यक पर्ने आधारभूत सफ्टवेयरका रूपमा एन्ड्रोइड टिभी रहेको छ । अन्य चर्चित विकल्प एनभिदिया शिल्ड र रेजर फोर्ज टिभीभन्दा एन्ड्रोइड टिभी नै चर्चित छ । तैपनि सेप्टेम्बर २०२० मा गुगलले गुगल टिभी ल्यायो ।
तर गुगल टिभी नयाँ सिस्टम भने होइन । यो एन्ड्रोइड टिभीको नयाँ लुक्स मात्र हो । यसलाई तपाईंले एन्ड्रोइड फोन निर्माताले फोनको लुक्स परिवर्तन गर्ने तरिका भनेर सम्झन सक्नुहुन्छ ।
अझ सरल तरिकाले भन्दा एन्ड्रोइड टिभीको नयाँ भर्सन नै गुगल टिभी हो । किनकि गुगल टिभी एन्ड्रोइड टिभीमा आधारित भएर बनाइएको छ । फरक भनेको गुगल टिभीले एन्ड्रोइड टिभीको तुलनामा नयाँ र भिन्न अनुभव दिने गर्छ । उही शरीरमा नयाँ लुगा लुगाए जस्तो ।
नयाँ भर्सनमा के छ ?
गुगल टिभीमा सुधार गरिएको सबैभन्दा राम्रो पक्ष होम स्क्रिनको डिजाइन हो । पहिले एन्ड्रोइड टिभीमा एपहरू तेस्रो डिजाइनमा मात्र देखिन्थ्यो । तर गुगल टिभीमा भने पर्सनलाइज्ड फिचर भएकाले प्रयोगकर्ताले आफू अनुसारको होम स्क्रिनको लुक्स दिन सक्नेछन् । यसका साथै तपाईंले खरिद गरेको स्ट्रिमिङ प्लेटफर्मका कार्यक्रम तथा चलचित्रहरू होम स्क्रिनमा नै देखिन्छन् । यसले गर्दा नयाँ कार्यक्रमहरू खोज्न पनि सजिलो हुन्छ ।
परिवर्तन भएको अर्को कुरा हो, वाचलिस्ट । यो फिचर एन्ड्रोइड टिभीमा उपलब्ध छैन । तर गुगल टिभीमा भएको यो फिचरको सहायताबाट प्रयोगकर्ताले आफूलाई मन परेका कार्यक्रम तथा चलचित्र 'हेर्ने' सूचीमा राख्न सक्छन् । यो फिचर चलाउन तपाईं टिभी अगाडि नै हुनुपर्छ भन्ने पनि छैन । तपाईंले आफ्नो फोन, ट्याब्लेट अथवा कम्प्युटरबाट यो सूची पाउन सक्नुहुन्छ । विशेष गरी नाम बिर्सने बानी छ भने यो फिचर उपयोगी हुन सक्छ ।
गुगल टिभीमा डिजाइनमात्र नभएर चलाउने तरिकामा समेत परिवर्तन गरिएको छ । यसअघि चिनिने प्ले मुभिज एन्ड टिभीको फिचर अहिले गुगल टिभीमा पाउन सक्नुहुन्छ । अर्थात् कन्टेन्ट ब्राउज गर्ने, मुभी किन्ने, भाडामा लिने जस्ता तपाईं काम तपाईंले आफ्नो टिभी अथवा फोनमात्र गर्न सक्नुहुन्छ ।
यसका साथै गुगल टिभीमा केही नयाँ ट्याब समेत थपिएका छन् । जस्तो: लाइभ भन्ने ट्याबमा तपाईंले प्रत्यक्ष प्रसारण भइरहेका कुरा हेर्न सक्नुहुन्छ । फर यु भन्ने ट्याबमा तपाईंले यसअघि हेरेका कन्टेन्टका आधारमा विभिन्न कन्टेन्टहरू दिइएका हुन्छन् ।
कसरी पाउने नयाँ भर्सन ?
गुगल टिभी पाउने केही तरिका छन् । ती मध्ये सबैभन्दा सरल तरिका हो, नयाँ डिभाइस खरिद गर्ने । अहिलेका धेरै स्मार्ट टिभी, स्ट्रिमिङ डिभाइस, सेटटप बक्समा गुगल टिभी नै पाउन सक्नुहुन्छ ।
तर यसअघि नै घरमा टिभी छ भने तपाईंले गुगल टिभीसँग क्रोमकास्ट गर्न सक्नुहुन्छ । जुन तुलनात्मक रूपमा सस्तो र भरपर्दो पनि छ । यसो गर्दा नयाँ डिभाइस खरिद गरिरहनु पर्दैन ।