काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले ‘क्रियटर्स मेला २०२४’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालका डिजिटल कन्टेट क्रियटरहरूलाई लक्षित गर्दै दूतावासले आउँदो ११ र १२ साउनमा यो कार्यक्रम गर्न लागेको हो ।
'बिल्ड, ब्रान्ड, बुस्ट' नारा दिइएको यो कार्यक्रममार्फत क्रियटरहरूले आफ्नो सीप तिखार्न सक्ने बताइएको हो ।
त्यस्तै कार्यक्रममा एआई, मनिटाइजेसन, सुरक्षा, गोपनीयता, मानसिक स्वास्थ्य जस्ता विषयमा वर्कशप समेत हुनेछन् । साथै विभिन्न वक्ता तथा कलाकारले प्रस्तुति समेत दिने छन् ।
कार्यक्रममा नि:शुल्क सहभागी हुन तथा थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।