काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा हुने नवौं संस्करणको आईसीटी अवार्ड २०२४ का लागि अनलाइन नोमिनेशन सुरु भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै १ साउनदेखि १४ विधामा नोमिनेसन खुला भएको जानकारी दिएको हो ।
यस संस्करणको आईसीटी अवार्ड अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन, सोसियल इनोभेसन, प्रोफेसनल एक्सिलेन्स, पायोनियर, नेपाली डायस्पोरा, आन्टरप्रेनर, वुमन आइकन, डिजिटल एजुकेसन, डिजिटल गभर्नेन्स, डिजिटल सर्भिसेस र साउथ एसिया स्टार्टअप विधा समावेश छन् ।
आवेदन दिने अन्तिम मिति भदौ १५ रहेको छ ।
अवार्डको नोमिनेसनको लागि आधिकारिक वेबसाइटमा फारम बुझाउन सकिनेछ ।