काठमाडौं । पछिल्लो समय रोजगारी दिने बहानामा सामाजिक सञ्जालमार्फत हुने ठगी बढ्दै गएपछि नेपाल प्रहरीले सावधान रहन अनुरोध गरेको छ । आइतबार एक सूचना पोस्ट गर्दै नेपाल प्रहरीले सावधानी अपनाउन आग्रह गरेको हो ।
"पछिल्लो समयमा विभिन्न विदेशी आईडीहरूबाट नेपालमा रहेका सरकारी तथा निजी सङ्घ, संस्थाहरूको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भइरहेको पाइएकाले यस किसिमका झुट्ठा पोस्टहरूबाट सावधान रहनु हुन सम्पूर्णमा नेपाल प्रहरी अनुरोध गर्दछ," प्रहरीको सूचनामा भनिएको छ ।
ठगीमा परेपछि वा ठगी कार्य भइरहेको देखिएमा नेपाल प्रहरीलाई सम्पर्क गर्न सकिनेछ । जसका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी सम्बन्धी गुनासोको लागि १११३ नम्बरमा कल गर्न सकिनेछ ।