close

आफूलाई गायिका टेलर स्विफ्टको समर्थन छ भनेर देखाउन ट्रम्पले फेक फोटोको सहारा लिएपछि...

टेकपाना टेकपाना

भदौ ४, २०८१ १९:३९

आफूलाई गायिका टेलर स्विफ्टको समर्थन छ भनेर देखाउन ट्रम्पले फेक फोटोको सहारा लिएपछि...

काठमाडौं । आफ्नो समर्थनमा गायिका टेलर स्विफ्ट भएको देखाउन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको दुरुपयोग गरेका छन् । आगामी चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्म्दवार रहेका ट्रम्पले स्विफ्ट आफ्नो समर्थन भएको देखाउन एआई सिर्जित नक्कली फोटोहरूको सहारा लिएका हुन् । 

त्यस्ता तस्बिरहरूलाई ट्रम्पले ट्रथ, एक्स लगायतका सामाजिक सञ्जालमा शेयर गरेका छन् । ट्रम्पले 'म स्वीकार गर्छु !' भन्दै ती तस्बिरहरू पोस्ट गरेका थिए, जुन अन्य सामाजिक सञ्जाल अकाउन्टबाट लिइएको थियो ।

ती तस्बिरहरूमा स्विफ्टका फ्यानहरूले 'स्विफ्टिज फर ट्रम्प' लेखिएको टिसर्ट लगाएको देख्न सकिन्छ । उनको नक्कली फोटोहरूमा साङ्गितीक कार्यक्रमहरू रद्द भएपछि स्विफ्टले आफ्नो लय बदलेको कुरा लेखिएका पनि छन् । 

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार टेलर स्विफ्ट ट्रम्प समर्थक होइनन् । उनले अहिले २०२४ को चुनावमा ट्रम्पलाई समर्थन जनाएका छैनन् । यसअघि सन् २०२० मा उनले डेमोक्र्याटलाई समर्थन गरेकी थिइन् । 

यद्यपि आफ्नो पक्षमा जनता भएको देखाउन ट्रम्पले एआई (डीफफेक) प्रयोग गरेको यो पहिलो घटना भने होइन । यसअघि पनि एआई प्रयोग गरी बनाइएको फोटोहरूको आधारमा समर्थन बटुल्न खोजेका थिए । 

यस विषयमा भने स्विफ्ट मौन रहेकी जस्तो देखिन्छ । उनले कुनै पनि सामाजिक सञ्जालमा यसबारे लेखेकी छैनन् । कतिपय सञ्चारमाध्यमले भने स्विफ्टले कानूनी उपचार खोज्ने लेखेका छन् । 


 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८१ १९:४६