काठमाडौं । भिभोले नेपाली बजारमा नयाँ फोन ‘भिभो भी ४० लाइट’ भित्र्याएको छ । शुक्रबारदेखि बजारमा उपलब्ध यो फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
कम्पनीका अनुसार भिभो आउटलेटबाट यो फोन शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिन्छ । ८ जीबी र्याम भएको फोनमा अतिरिक्त ८ जीबी भर्चुअल र्याम थप्न सकिन्छ भने इन्टर्नल स्टोरेज २५६ जीबीको रहेको छ ।
१८८ ग्राम तौल भएको फोनको डाइमेन्सन १६३.२३*७५.९३*७.७९ एमएम रहेको छ । यो एमरल्ड ग्रिन र टाइटेनियम सिल्भर कलर भेरियन्टमा खरिद गर्न सकिन्छ ।
६.६७ इन्च एमोलेड डिस्प्ले भएको फोनको रिफ्रेस रेट १२० हर्ज रहेको छ । यसको पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको बुके क्यामेरा रहेको छ । सेल्फी क्यामेराको सन्दर्भमा यसमा ३२ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा एआई अउरो लाइट पोट्रेट, एआई इरेज, एआई फोटो इनहान्स लगायतका फिचर रहेका छन् ।
यसमा स्न्यापड्रागन ६८५ प्रोसेसर छ भने एन्ड्रोइड १४ मा आधारित फनटच ओएस १४ अपरेटिङ सिस्टम रहेको छ ।ु
फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसलाई चार्ज गर्न कम्पनीले ८० वाटको फ्लास चार्जर उपलब्ध गराएको छ । फोनको ब्याट्रीमा चार वर्षसम्म केही असर नपर्ने जनाइएको छ । ५० महिनासम्म फोनको एक्सपिरियन्समा केही परिवर्तन नहुने कम्पनीको दाबी छ ।
आईपी ६४ रेटिङ पाएकाले यसलाई धुलो र पानीले त्यति असर नगर्ने कम्पनीले जनाएको छ । खासगरी भिजेको हातले फोन प्रयोग गर्दा सजिलै चल्ने बताइएको छ ।