काठमाडौं । सामसङले नेपाली बजारमा ‘ग्यालेक्सी एस २४ एफई’ भित्र्याएको छ । कम मूल्यमा प्रिमियम फिचर अनुभव गराउने उद्देश्यले कम्पनीले यो फोन नेपाली उपभोक्तामाझ उपलब्ध गराएको हो ।
यसमा समावेश एआई फिचरले ग्यालेक्सी एस २४ सिरिजकै अनुभव दिने कम्पनीको दाबी छ । खासगरी फोटोग्राफीका लागि एस २४ एफई मा ग्यालेक्सी एआई उपलब्ध गराइएको छ ।
यस फोनले ग्यालेक्सी एआई इकोसिस्टमसँग कनेक्ट गरेर उपभोक्ताको सञ्चार, उत्पादकत्व र सृजनात्मकता बढाउने कम्पनीको विश्वास छ । साथै एआईद्वारा सञ्चालित क्यामेरा र एडिटिङ फिचरले कुनै पनि दृश्यको गुणस्तरलाई उच्च बनाउने जनाइएको छ ।
नाइटग्राफी, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र एआई डिजिटल जुमले फोटोग्राफी अनुभवलाई अझै राम्रो बनाउने कम्पनीको भनाइ छ । साथै यसमा एआईमा आधारित प्रोभिजुअल इन्जिन, फोटो असिस्ट लगायतका फिचर छन् ।
फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको डाइनामिक एमोलेड डिस्प्ले छ । ४७०० एमएएच क्षमता ब्याट्री भएको फोनमा प्रोसेसर एक्सिनोस २४०० ई छ ।
सामसङले एस २४ सिरिजमा ल्याएका सर्कल टु सर्च, भाषा अनुवाद गर्ने अफलाइन इन्टरप्रेटर, लाइभ ट्रान्सेलट फोन कल लगायतका सुविधा यस फोनमा पनि दिएको छ । त्यसैगरी एआई किबोर्ड, नोट असिस्ट जस्ता फिचर पनि समावेश छन् ।
यो फोन ब्लु र ग्रेफाइट कलर भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती मूल्य ९४ हजार ९९९ रुपैयाँ रहेको छ ।
कम्पनीले इन्स्टा फाइनान्स अन्तर्गत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा फोन खरिद गर्ने सुविधा दिएको छ । ग्राहकले मासिक चार हजार ७५० रुपैयाँ तिरेर फोन खरिद गर्न सक्छन् । कम्पनीले तीन हजार रुपैयाँसम्मको विशेष बोनस सहित स्मार्टफोन अपग्रेड गर्न चाहनेका लागि ट्रेड इन एक्सचेन्जको सुविधा पनि ल्याएको छ ।