close

बुटवल पुग्यो ‘नामी’ ईभी

टेकपाना टेकपाना

मंसिर २, २०८१ १४:६

बुटवल पुग्यो ‘नामी’ ईभी

काठमाडौं । नेपाली अटो बजारमा तीव्र विस्तार गर्दै आएको प्रिमियम र स्मार्ट नामी ईभी बुटवल पुगेको छ । डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट नामी ईभी विस्तार गरेको हो ।

गत सोमबार तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, एमएडब्लु वृद्धिका बिजनेश हेड प्रशन्न पन्त र डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रूपमा नामी ईभी उद्घाटन गरे ।

यस ईभीको डिजाइन र फिचरहरूले ह्याचब्याक सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ । नामी ईभीको आकार र चौडाइ प्रतिस्पर्धी मोडेलहरूको तुलनामा ठूलो रहेको कम्पनीको दाबी छ ।

नामी ईभी तीन भेरियन्टमा उपलब्ध हुनेछ: नामी ई१, नामी ई२, र नामी ई३ । जसको मूल्य २९ लाख ९९ हजार रुपैयाँदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।

यस ईभीमा लेभल टु एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्र्युज कन्ट्रोल, स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सुविधा छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८१ १४:११