close

मिस्टर बिस्टका युट्युब भिडिओमा देखिन थाल्यो नेपाली सबटाइटल

टेकपाना टेकपाना

पुस १५, २०८१ १३:४६

मिस्टर बिस्टका युट्युब भिडिओमा देखिन थाल्यो नेपाली सबटाइटल

काठमाडौं ।  विश्वकै सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टले आफ्नो भिडिओमा नेपाली सबटाइटल राखेका छन् ।  हालै मात्र सार्वजनिक भएको बिस्टको युट्युब भिडिओमा नेपाली सबटाइटल देखिन थालेको हो । 

मिस्टर बिस्टको टिममा रहेर काम गर्ने नेपाली युवक सारस अधिकारीका अनुसार मिस्टर बिस्टको टिमले १९ डिसेम्बरमा अपलोड गरेको “2,000 People Fight For $5,000,000” शीर्षकको भिडियोमा पहिलो पटक म्यानुअल किसिमले नेपाली सबटाइटल राखिएको हो । यसअघि उक्त च्यानलमा अपलोड भएका भिडिओमा देखिने नेपाली सबटाइटल स्वचालित रूपमा अनुवाद गरिएका हुन्थे ।” 

नयाँ भिडिओमा नेपाली सबटाइटल उपलब्ध गराउन एक टोली नै खटिएको छ । सबैभन्दा पहिला उक्त नेपाली टोलीले बिस्टको अङ्ग्रेजी भाषालाई नेपालीमा अनुवाद गर्छ । त्यसपछि सो अनुवादित सामग्री सारस अधिकारीकोमा पुग्छ । अधिकारीले कन्टेन्टलाई समीक्षा गर्छन्, शुद्धाशुद्धि जाँच गरेर सरल, मिठासपूर्ण, मौलिक तथा सान्दर्भिक नेपाली शब्द प्रयोग गरी अन्तिम रूप दिन्छन् । यसरी तयार पारिएको सामग्री नै भिडिओमा नेपाली सबटाइटलका रूपमा देखिन थालेको हो । 

सो भिडिओमा रहेको नेपाली सबटाइटल हेर्न सबैभन्दा पहिला यहाँ क्लिक गरेर युट्युब भिडिओ खोल्नुहोस् । अनि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा ट्याप गर्नुहोस् । यति गरेपछि क्याप्सनको अप्सनमा जानुहोस् । त्यसपछि त्यहाँ रहेको नेपाली भाषा छान्नुहोस् । यति गरेपछि सबटाइटल नेपालीमै देखिन थाल्छ । 

ओटीटी प्लेटफर्म प्राइम भिडिओमा बिहीबारदेखि सार्वजनिक भएको ‘बिस्ट गेम्स’ शोमा पनि नेपाली सबटाइटल प्रयोग भएको छ । 

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८१ १३:४६