close

के तपाईंलाई थाहा छ, स्थानीय तहमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्याशब्याक पाइन्छ

टेकपाना टेकपाना

पुस १६, २०८१ १२:२५

के तपाईंलाई थाहा छ, स्थानीय तहमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्याशब्याक पाइन्छ

काठमाडौं । नेपाल क्लियरेन्स हाउस लिलिटेड (एनसीएचएल) ले स्थानीय पालिकाको राजश्व नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने सेवाग्राहीलाई विशेष अफर उपलब्ध गराउँदै आएको छ ।

एनसीएचएलले १४ कात्तिकदेखि नेपालपे क्यूआर स्क्यान गरी स्थानीय तहको राजश्व भुक्तानी गर्ने सेवाग्राहीलाई १० प्रतिशत क्याशब्याक दिंदै आएको हो । यो अफर ३० पुससम्म लागू हुने कम्पनीले जनाएको छ ।

एनचीएसएलका अनुसार सेवाग्राहीले प्रत्येक पटक स्थानीय तहको राजश्व भुक्तानी गर्दा १० प्रतिशत (बढीमा २५ रुपैयाँ)सम्म छुट पाउनेछन् । 

कसरी प्रयोग गर्ने ?

१) आफ्नो मोबाइल बैंकिङ एप वा डिजिटल वालेटबाट नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नुहोस् ।

२) त्यसपछि भुक्तानी गर्नुपर्ने रकम राख्नुहोस् र भुक्तानी गर्नुहोस् । 

३) भुक्तानी भएर रकम काटिसकेपछि तपाईंले भुक्तानी गरेको रकमको १० प्रतिशत (बढीमा २५ रुपैयाँसम्म) तपाईंको खातामा क्याशब्याकका रूपमा फिर्ता आउनेछ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८१ १२:२७