close

अब ईसेवाको रकम एनआईसी एसिया बैंकको एटीएमबाट निकाल्न सकिने

टेकपाना टेकपाना

माघ २७, २०८१ २१:५३

अब ईसेवाको रकम एनआईसी एसिया बैंकको एटीएमबाट निकाल्न सकिने

काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो । 

यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन् । त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ । 

यसअघि ईसेवा वालेटको रकम एभरेस्ट बैंकबाट ‌निकाल्न मिल्ने सुविधा थियो ।

एनआईसी एसिया बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाको पैसा ?

- सबैभन्दा पहिले ईसेवा एप खोल्नुहोस् ।

- त्यसपछि होमपेजमा रहेको 'एटीएम विथड्र' (ATM Withdraw) को अप्सन छान्नुहोस् । 

- अनि एनआईसी एसिया बैंकको नाम छान्नुहोस् ।

- यति गरेपछि आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् (तर, ५०० को गुणन सङ्ख्या मात्र राख्न पाइन्छ । एक पटकमा पाँच हजारभन्दा बढी रकम निकाल्न मिल्दैन ) ।

- यति गरेपछि 'पर्पोजमा गई किन निकाल्न लागेको भन्ने अप्सन छान्नुहोस् ।

- अनि रिमार्क लेखेर प्रोसिडको बटनमा ट्याप गर्नुहोस् ।

- यसपछि कन्फर्म (Confirm)को बटनमा ट्याप गर्नुहोस् । र, आफ्नो पीन नम्बर राखेर पुनः कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा एउटा ओटीपी कोड आउँछ ।

एनआईसी एसिया बैंकको एटीएम बुथमा जानुहोस्

- बैंकको एटीएमममा गइसकेपछि 'कार्डलेस ट्रान्जेक्सनको अप्सनमा क्लिक गर्नुहोस् ।

- त्यसपछि आफ्नो मोबाइल नम्बर राख्नुहोस् ।

- र, एसएमएसमा आएको ओटीपी कोड राखी कन्फर्म गर्नुहोस् ।

यति गरेपछि तपाईंको ईसेवामा रहेको रकम एनआईसी एसिया बैंकको एटीएम मेसिनबाट निकाल्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८१ २१:५८