close

रेड्मी बड्स सिक्स सिरिज नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

फागुन २३, २०८१ १२:२६

रेड्मी बड्स सिक्स सिरिज नेपाली बजारमा, यस्तो छ फिचर र मूल्य

काठमाडौं । चिनियाँ ब्रान्ड साओमीले नेपाली बजारमा रेड्मी बड्स सिक्स सिरिज सार्वजनिक गरेको छ । यस सिरिज अन्तर्गत रेड्मी बड्स सिक्स लाइट र रेड्मी बड्स सिक्स प्ले गरी दुई वायरलेस इयरबड्स रहेका छन् । 

यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ । 

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यसबारे भने, “हाम्रो प्रतिबद्धता भनेको नवीनतम प्रविधि प्रदान गर्दै प्रयोगकर्ताको अनुभवलाई उत्कृष्ट बनाउनु हो । रेड्मी बड्स सिक्स सिरिजको उत्कृष्ट अडिओ गुणस्तर, लामो ब्याट्री लाइफ र स्मार्ट नोइज क्यान्सलेसन जस्ता सुविधाहरू हामी सुलभ मूल्यमा प्रदान गर्दैछौँ । हामी यी इयरबड्स नेपाली ग्राहकहरूलाई उपलब्ध गराउन पाउँदा धेरै नै उत्साहित छौं ।” 

१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभरयुक्त रेड्मी बड्स सिक्स लाइटले शक्तिशाली साउन्ड क्वालिटी प्रदान गर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा रहेको ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सिलेसनको फिचरले वरपरको अनावश्यक आवाज हटाएर क्लिन साउन्ड प्रदान गर्छ । 

इयरबड्समा डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजी भएकाले कुराकानी स्पष्ट हुने कम्पनीको भनाइ छ । रेड्मी बड्स सिक्स प्ले विशेष रूपमा उत्कृष्ट साउण्ड गुणस्तर तथा सुलभ मूल्य चाहने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो । 

नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू तथा साओमी रिटेल स्टोरहरूमा रेड्मी बड्स सिक्स सिरिज उपलब्ध हुनेछ । रेड्मी बड्स सिक्स लाइटको मूल्य रु. ३,४९९ तोकिएको छ भने रेड्मी बड्स सिक्स प्ले रु. १,९९९ मा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २३, २०८१ १२:३८