काठमाडौं । इन्टरनेट सेवाप्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले हालै आफ्नो सेवा प्रचारप्रसारका लागि गायक पंगेनीसँग सहकार्यको घोषणा गरेको हो ।
लोकसंगीत क्षेत्रमा गहिरो छाप छोडेका उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति रहेको कम्पनीको विश्वास छ । “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सरल, सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ,” सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले भने ।
बद्री पंगेनीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट अहिलेको जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो सेवा दिइरहेको छ, त्यसैले म पनि यो ब्रान्डसँग जोडिन पाउँदा खुसी छु ।”
सजिलो नेटले फाइबरमार्फत करिब २० हजार ग्राहकलाई इन्टरनेट सेवा दिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सजिलो नेट देशको शीर्ष १४ औंं आईएसपी हो ।