काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ‘रियलमी सी७५’ ल्याउने भएको छ । किफायती मूल्यमा उच्च प्रविधि र कार्यक्षमता सहितको फोन चाहने उपभोक्तालाई लक्षित गर्दै कम्पनीले चाँडै नै यो मोडेल भित्र्याउन लागेको हो ।
आईपी ६९ रेटेड वाटर एन्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर रहेकाले यो फोनले जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमता यस फोनमा छ ।
“आर्मसेल ग्लास, उच्च स्तरको पानी प्रतिरोधी प्रविधि, एआईमा आधारित फिचरहरूका साथमा रियलमीसी७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ,” कम्पनीले दाबी गरेको छ ।
६००० एमएएच क्षमता रहेको ब्याट्रीका लागि ४५ वाट फास्ट चार्जिर उपलब्ध गराइने छ । ९० हर्जको रिफ्रेस रेटसहित ६.७२ इन्चको फुल एचडी डिस्प्ले हुने फोनले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
यसमा मिडियाटेक हेलियो जी९२, अक्टाकोर अप टु २.० गिगाहर्ज प्रोसेसर रहेको छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेलको डुअल रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ ।
यो फोनले ब्लुटुथ ५.०, रियलमी यूआई ५.० र एन्ड्रोइड १४ लाई सपोर्ट गर्छ । ओरियालिटी अडिओ, अल्ट्रा भोल्युम मोड, वन–माइक नोइज क्यान्सलेसन जस्ता विशेषता पनि यसमा रहेका छन् । फोनमा २ नानो सिम कार्ड स्लट र १ माइक्रो एसडी स्लट रहेको छ । म्याग्नेटिक सेन्सर, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जाइरोमिटर र एक्सेलेरेसन सेन्सर पनि पाउन सकिन्छ ।
यो फोनको मूल्य कति हुनेछ भन्नेबारे कम्पनीले आधिकारिक जानकारी दिइसकेको छैन ।