close

बीवाईडी सम्मेलनमा नेपाललाई ४ विधामा अवार्ड

टेकपाना टेकपाना

चैत १९, २०८१ १८:५०

बीवाईडी सम्मेलनमा नेपाललाई ४ विधामा अवार्ड

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले चीनको सेन्जेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा चार प्रतिष्ठित अवार्ड हासिल गरेको छ । 

‘Connected. Inspired. United’ थिममा आयोजित सम्मेलनमा साइमेक्स इंकलाई अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्रदान गरिएको हो ।

सम्मेलनमा नेपालका बीवाईडी डिलरहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ । दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड, चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि.ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि.ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका छन् ।

यसका साथै, साइमेक्स इंकका सिनियर सेल्स अफिसरहरू लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: चैत १९, २०८१ १८:५०