close

असार १५ देखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयका यी सेवा अनलाइनबाटै, अब बल्खु धाउनु पर्दैन

टेकपाना टेकपाना

असार ६, २०८२ १७:२७

असार १५ देखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयका यी सेवा अनलाइनबाटै, अब बल्खु धाउनु पर्दैन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थीहरूलाई प्रदान गर्दै आएका १० प्रकारका सेवाहरू अब पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । आगामी १५ असारदेखि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, मूल प्रमाणपत्र, प्रमाणपत्र प्रमाणीकरण जस्ता सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

यो व्यवस्थासँगै अब सामान्य कामका लागि पनि बल्खु धाउनुपर्ने बाध्यता हट्ने भएको छ । सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

दीक्षान्त समारोहका लागि अनलाइन फाराम र TUEIMS प्रविधिको सफल प्रयोगपछि परीक्षा प्रणालीलाई पूर्ण विद्युतीयकरण गर्ने अन्तिम चरणअन्तर्गत यो व्यवस्था लागु गरिएको पनिकाले जनाएको छ ।

पनिकाको आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी यी सेवा लिन सकिनेछ:

१. नयाँ रजिस्ट्रेसन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पुनर्योगका लागि आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फाराम
८. विभिन्न सिफारिस पत्रहरू
९. प्रमाणपत्रहरूको प्रमाणीकरण
१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि

पछिल्लो अध्यावधिक: असार ६, २०८२ १७:४१