close

एनसेलको ‘मनसुन बिजनेस अफर’, १० महिनाको शुल्कमा वर्षभर सेवा

टेकपाना टेकपाना

साउन १३, २०८२ १८:२८

एनसेलको ‘मनसुन बिजनेस अफर’, १० महिनाको शुल्कमा वर्षभर सेवा

काठमाडौँ । एनसेलले ‘बिज सधैं अन’ प्याकमा मनसुन बिजनेस अफर ल्याएको छ । आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै एनसेलले मनसुन बिजेनस अफर सार्वजनिक गरेको हो ।

एनसेल प्रयोगकर्ताले बिज सधैं अन ३९९ प्लान वा ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने छन् । एनसेलले थप दुई महिनाको सेवा निःशुल्क उपलब्ध गराउन भएको छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडेलमा ल्याइएको हो ।

बिज सधैं अन ३९९ प्लानमा हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस उपलब्ध छ । त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइने कम्पनीले जनाएको छ ।

यो मनसुन अफरमा प्रयोगकर्ताले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्नेछन् । यसमा कर्पोरेट प्रयोगकर्ताले आफ्ना तीन ओटा मोबाइल नम्बरमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउने कम्पनीले जनाएको छ । यसैगरी पाँच ओटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई ओटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछन् । 

“उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकहरूलाई वर्षभर निर्धक्क रूपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ । साना, ठुला सबै व्यावसायले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउनेमा विश्वस्त छौं,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

यसका साथै एनसेलले क्लाउड र डेटा सेन्टर सेवामा सीमित अवधिका लागि छुटसहितको मनसुन अफर ल्याएको छ ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १८:३२