काठमाडौँ । नेपालका लागि चांगान ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस०५’नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको संयोजनसहित यो गाडी आएको दाबी गर्दै कम्पनीले ईभी बजारमा नयाँ मापदण्ड स्थापित हुने विश्वास लिएको छ ।
नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले हालै एक कार्यक्रममा संयुक्त रूपमा दीपल एस०५ सार्वजनिक गरे ।
लक्जरी डिजाइन
कम्पनीका अनुसार एस ०५ भित्र पस्ने बित्तिकै प्रिमियम र लक्जरीको आभास मिल्छ । दीपल एस०५ मा अगाडिका दुवै सिट ‘वेलकमिङ', ‘भेन्टिलेटेड’ र ‘हिटेड’ सुविधायुक्त छन् । यसमा जिरो ग्राभिटी, लेग सपोर्ट र वन टच न्याप मोड सहितको ‘क्वीन कोपाइलट सिट’ उपलब्ध छ । यसको क्याबिनलाई थप लक्जरियस बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ६४ रङको ‘एम्बायन्ट लाइटिङ' र ‘आउटडोर स्पिकर’ सहितको १४ स्पिकरयुक्त ‘स्काई सराउन्ड साउन्ड सिस्टम’ दिइएको छ ।
लामो यात्राका लागि पर्याप्त सामान बोक्न मिल्नेगरी यस सेग्मेन्टमै सबैभन्दा ठुलो १५९ लिटरको ‘फ्रंक’ (अगाडिको सामान राख्ने ठाउँ) उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दीपल एस०५ ले युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड २०२५’ जितेको थियो । यसको 'ड्रयाग कोफिसेन्ट' ०.२५८ सीडी रहेको छ, जुन नेपालको एसयूभी सेग्मेन्टमै सबैभन्दा कम हो । जसले पर्फमेन्स र सुन्दरता दुवैलाई बलियो बनाउने कम्पनीको विश्वास छ ।
यसको डिजाइनमा तारामण्डली स्वरूपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरिक्षयानबाट प्रभावित हेडलाइट, फ्रेमलेस डोर, फ्लस ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट र लुमिनस रियर लोगो जस्ता विशेषता छन् । १९०० एमएम चौडाइ र १६०० एमएमको उचाइले सडकमा यसको दमदार उपस्थिति झल्काउँछ ।
नयाँ प्रविधि
‘दीपल एस०५’मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङको सुविधा छ, जसले साँचोको प्रयोग गरी ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सक्छ । यसको मद्दतबाट साँघुरो ठाउँमा सहजै पार्किङ गर्न सकिने कम्पनीको भनाइ छ ।
साथै, यसमा पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ, जसमा ‘ट्राफिक जाम असिस्ट’, ‘लेन सेन्टरिङ कन्ट्रोल’, ‘फर्वाड कोलिजन वार्निंग’ लगायत १९ ओटा अत्याधुनिक सुरक्षाका फिचरहरू छन् ।
‘दीपल एस०५’ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (AR HUD) छ, जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना दिने बताइएको छ ।
१४.४ इन्चको सनफ्लावर टचस्क्रिन रहेको गाडीमा इन्टरनेट कनेक्टिभिटी रहेको छ । जसको माध्यमबाट स्पोटिफाई, युट्युब, अमेजन म्युजिक, लाइभ नेभिगेसन जस्ता फिचरहरू प्रयोग गर्न सकिन्छ । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट एसी कन्ट्रोल, चार्जिङ शेड्युल र कार कहाँ छ भनेर जानकारी पाउन सक्छन् ।
गोल्डेन शिल्ड ब्याट्री
‘दीपल एस०५’मा विश्वकै ठुलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । यो ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक, माइनस २० डिग्री सेल्सियस तापक्रममा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ ।
‘दीपल एस०५’मा ६ किलोवाटको ‘भीटुएल’ (V2L) प्रविधि मार्फत बाहिरी उपकरणहरूमा पावर सप्लाई गर्न सकिन्छ । ‘रियर ह्विल ड्राइभ’ र ५०:५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ ले नयाँ ‘दीपल एस०५’को ‘पर्फमेन्स’ लाई बेजोड बनाउँछ । यसको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेको छ ।
मूल्य र भेरियन्ट
नयाँ ‘दीपल एस०५’ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । प्लस भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर यसको सुरुवाती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको सुरुवाती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
नयाँ ‘दीपल एस०५’ मुनलाइट ह्वाइट, ग्यानिमेड ग्रे, दिप स्पेस ब्ल्याक, एन्ड्रोमेडा ब्लु र मर्क्युरी सिल्भर गरी पाँच रङमा उपलब्ध छ । यसको इन्टेरियर ‘ओरेन्ज’ र ब्ल्याक गरी दुई लेदेरेटेड कम्बिनेसनमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ ११:४९
