मोटरमा १० वर्षको वारेन्टीसहित टीसीएल नयाँ वासर ड्रायर नेपालमा, एउटै मसिनले धुने र सुकाउने
भदौ २, २०८२ १८:५९
काठमाडौँ । टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा ‘अल-इन-वन’ फ्रन्ट लोड वासर ड्रायर (मोडेल C7110WDG) सार्वजनिक गरेको छ । एउटै उपकरणले कपडा धुने र सुकाउने दुवै काम गर्ने यो मसिनमा स्वास्थ्य र सरसफाइलाई ध्यानमा राखेर अत्याधुनिक प्रविधिहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
आधुनिक जीवनशैलीको मागलाई सम्बोधन गर्न डिजाइन गरिएको यो मसिनमा १० केजी कपडा धुने र ७ केजी सुकाउने क्षमता रहेको छ । यसको मुख्य विशेषता भनेको ‘स्मार्ट डीडी मोटर’ हो, जुन डाइरेक्ट-ड्राइभ प्रविधिमा आधारित छ । यसले मसिन चल्दा आवाज कम गर्ने, बिजुली खपत घटाउने र लामो समयसम्म टिकाउपन दिने कम्पनीको दाबी छ । यो मोटरमा १० वर्षको वारेन्टी पनि प्रदान गरिएको छ ।
स्वास्थ्य र स्वच्छतालाई प्राथमिकतामा राख्दै यसमा ‘स्टीम वास’ प्रविधि जडान गरिएको छ । जसले बाफको मद्दतले कपडाको गहिराइसम्म पुगेर ९९.९ प्रतिशतसम्म ब्याक्टेरिया र एलर्जी गराउने तत्वहरूलाई नष्ट गर्ने कम्पनीको दाबी छ । साथै, ओछ्यान तथा अन्य कपडाबाट धुलोका कीटाणु (माइट्स) हटाउनका लागि उच्च तापक्रम प्रयोग गर्ने ‘एन्टी-माइट्स’ सुविधा पनि यसमा छ ।
यस वासर ड्रायरमा रहेको ‘हनीकम्ब ड्रम’ को विशेष बनावटले कपडालाई नबिगार्ने र नरम तरिकाले सफा गर्ने बताइएको छ । यसका साथै, पानी र साबुन बिना नै तातो हावा प्रयोग गरेर कपडालाई ताजा बनाउने, चाउरीपन कम गर्ने र गन्ध हटाउने ‘एयर वास’ प्रविधि पनि यसमा उपलब्ध छ ।
मसिनमा हटाउन गाह्रो हुने दागहरू सफा गर्न विशेष प्रणाली र विभिन्न सेटिङहरू छनोट गर्न रङ्गीन स्क्रिन रहेको हुनाले यसलाई चलाउन निकै सहज हुने कम्पनीले जनाएको छ । नेपालका लागि टीसीएलको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यो उत्पादन बजारमा ल्याएको हो ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १८:५९
