काठमाडौँ । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई पर्यटकीय गन्तव्य चन्द्रागिरी केबलकारको टिकटमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । भर्चुअल प्रिभिलेज कार्डमार्फत यो सुविधा प्रदान गर्न डिशहोम र चन्द्रागिरी हिल्सबिच औपचारिक साझेदारी भएको हो ।
काठमाडौँ उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध चन्द्रागिरी हिल्स राजधानीबाट सहजै पुग्न सकिने पर्यटकीय स्थल हो । यो साझेदारीले आफ्ना ग्राहकलाई विशेष सहुलियतमा चन्द्रागिरीको भ्रमण गर्ने अवसर प्रदान गरेको डिशहोमले जनाएको छ ।
छुट प्राप्त गर्नका लागि डिशहोमका सक्रिय ग्राहकले माई-डिशहोम एप डाउनलोड गरी आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लग-इन गर्नुपर्नेछ । एपको होम पेज वा प्रोफाइल सेक्सनमा रहेको भर्चुअल प्रिभिलेज कार्डलाई चन्द्रागिरी केबलकारको टिकट काउन्टरमा देखाएर १० प्रतिशत छुट पाउन सकिनेछ ।
यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एन्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का र डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभलपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
डिशहोमले आगामी दिनहरूमा भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममा थप ब्रान्डहरूलाई समावेश गर्ने योजना बनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १६:९
