फोटोग्राफी पारखीका लागि नेपाली बजारमा आयो ‘भिभो भी६०’, मूल्य ७१ हजार रुपैयाँदेखि
भदौ १३, २०८२ १६:१७
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले नेपाली बजारमा नयाँ मोडेल ‘भिभो भी६०’ सार्वजनिक गरेको छ । हालै राजधानीमा आयोजिक एक कार्यक्रममा कम्पनीले जेडईआईएसएस (ZEISS) क्यामेरा प्रविधियुक्त फोन नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेको हो ।
भिभो भी६० को मुख्य विशेषता भनेको ५० मेगापिक्सेलको सुपर टेलिफोटो क्यामेरा हो । जसले टाढाबाट पनि स्पष्ट पोर्ट्रेटहरू खिच्न मद्दत गर्छ । यसको १० एक्स टेलिफोटो स्टेज पोर्ट्रेट सुविधाले उज्यालो प्रकाशमा उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।
साथै यसमा एआई इमेज स्टुडियो, ५० मेगापिक्सेल मुख्य ओआईएस क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड–एङ्गल र ५० मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा राखिएको छ । यसले फोरके भिडिओ र कम–प्रकाशमा उत्कृष्ट फोटो खिच्ने कम्पनीको दाबी छ ।
फोनमा क्वाड कर्भ्ड स्क्रिन, डायमण्ड शिल्ड ग्लास, धुलो र पानी प्रतिरोधका लागि आईपी६८/आईपी६९ रेटिङ, ६५०० एमएएच ब्याट्री, ९० वाट फास्ट चार्ज, स्न्यापड्रागन ७ जेन ४ चिपसेट र १२ जीबी + १२ जीबी एक्सटेन्डेड र्याम सुविधा छ ।
भिभो भी६० को प्रि-बुकिङ आजदेखि २ सेप्टेम्बरसम्म खुला हुनेछ भने बिक्री ३ सेप्टेम्बरबाट सुरु हुनेछ ।
मूल्य १२ जीबी+२५६ जीबीको लागि ७० हजार ९९९ रुपैयाँ र १२ जीबी+५१२ जीबीको लागि ७५ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ गर्ने ग्राहकले निःशुल्क भिभो इयरबड्स पाउनेछन् । यसलाई शून्य प्रतिशत ईएमआई योजनामा किन्न सकिनेछ र भिभोको ‘नयाँपुरानो’ प्लेटफर्ममार्फत पुरानो फोन साट्दा अतिरिक्त रु.२,००० मूल्यांकन सुविधा उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: भदौ १३, २०८२ १६:१७
