close

नास-आईटीको अध्यक्षमा चुनिए एकबाना सोलुसन्सका सीईओ गौरवराज पाण्डे

टेकपाना टेकपाना

भदौ १६, २०८२ १५:५१

नास-आईटीको अध्यक्षमा चुनिए एकबाना सोलुसन्सका सीईओ गौरवराज पाण्डे

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी)को अध्यक्षमा गौरवराज पाण्डे निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका पाण्डे २०२५-२६ को नयाँ कार्यसमितिको अध्यक्ष चुनिएका हुन् । पाण्डे एकबाना सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नास-आईटीको नयाँ उपाध्यक्षमा दिपेन चापागाईं चयन भएका छन् । लगपोइन्टको कन्ट्री डिरेक्टर रहेको चापागाईं यसअघि महासचिव थिए । त्यसैगरी, एम्निल टोक्नोलोजिजकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) एलिशा श्रेष्ठ महासचिवमा निर्वाचित भएकी छन् । श्रेष्ठ यसअघि कार्यसमिति सदस्यको भूमिकामा थिइन् ।

गोक्यो ल्याब्सका सहसंस्थापक अभय पौडेल पुन: कोषाध्यक्षमा दोहोरिएका छन् । लिपफ्रग टेक्नोलोजिजका प्रमुख सञ्चालन अधिकृत (सीओओ) कैलाश विजयनन्द र एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला कार्यसमिति सदस्यमा दोहोरिएका छन् । 

बीआईसी टेक्नोलोजिजको सहसंस्थापक प्रार्थना शाख कार्यसमिति सदस्यमा चुनिएकी छन् । नास-आईटीको संस्थापक अध्यक्ष रिचन श्रेष्ठ र निवर्तमान अध्यक्ष सन्तोष कोइराला कार्यसमिति सदस्यमा चयन भएका छन् । 

नास-आईटीको विधानमा अध्यक्ष बनेकाहरू पुन: कार्यसमिति सदस्य भएर काम गर्नुपर्छ । हरेक कार्यसमितिको कार्यकाल एक वर्ष तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १६:३६