भायानेटको ब्राण्ड एम्बासडर गायक सुशान्त केसी, ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान सुरु
भदौ १८, २०८२ २०:४
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर नियुक्त गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ नामको अभियान थालेको छ । डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनात्मक व्यक्ति र डिजिटल माध्यमबाट केही गर्न चाहनेहरूलाई प्रेरणा दिने लक्ष्यसहित यो अभियान ल्याएको कम्पनीले जनाएको छ ।
भायानेटका अनुसार, सुशान्त केसीको सांगितिक यात्रा इन्टरनेटबाटै सुरु भएको थियो, जहाँ उनले आफ्ना गीतहरू अनलाइनमा राखेर ख्याति कमाए । हाल उनी नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकारका रूपमा स्थापित छन् ।
भायानेटले केसीको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्य युवाहरूलाई पनि इन्टरनेटको सही प्रयोग गरी ठुला सपना देख्न र साकार पार्न प्रोत्साहित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।
‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ । यसले विशेषगरी कन्टेन्ट क्रिएटर र डिजिटल क्षेत्रमा लाग्न चाहने व्यक्तिहरूलाई लक्षित गरेको छ ।
भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको विषय मानेको छ । कम्पनीका अनुसार, केसीको संगीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भर्नेछ ।
पछिल्लो अध्यावधिक: भदौ १८, २०८२ २०:१६
